नेपाल सुपर लीग फूटबलमा आजदेखि प्लेअफका खेल शुरु हुँदै
२८ वैशाख २०७८ काठमाडौं । पहिलो संस्करणको फेञ्चाइच फूटबल नेपाल सुपर लीगमा आजदेखि प्लेअफका खेल शुरू हुँदैछन् ।
पहिलो प्लेअफमा शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं शीर्ष टोली र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेका हुन् । लीग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो ।
त्यसकारण धनगढी आज पनि काठमाडौंविरुद्ध लीग चरणकै नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ । तर काठमाडौं भने पहिलेको गल्ती नदोहोर्याउँदै फाइनलमा स्थान बनाउने योजनामा छ ।
आजको विजेता फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायरको विजेतासँग पुनस् खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुका साढे पाँच बजेदेखि शुरू हुनेछ ।
दोस्रो क्वालिफायरमा भोलि ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी आमने सामने हुँदैछन् ।
प्रतिक्रिया