अमेरिकामा १२ वर्षका किशोर-किशोरीलाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति

२८ वैशाख २०७८ वाशिङ्गटन डिसी । अमेरिकामा १२ वर्षका किशोर किशोरीमा पनि कारोना भाइरसविरुद्धको खोपले स्वीकृति पाएको छ ।
कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीका लागि पनि स्वीकृत भएको हो ।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिष्ट्रेशन (एफडिए) ले बालबालिका तथा किशोरकिशोरीमा आकस्मिक प्रयोगका लागि खोपलाई स्वीकृति प्रदान गरेको हो ।
क्त उमेर समूहका २२ सय ६० जनामा परीक्षणपछि खोप सुरक्षित र प्रभावकारी देखिएकाले अनुमति दिइएको बताइएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको खोपलाई अनुमति दिने निर्णय कोरोना महामारीसँगको युद्धमा एक महत्वपूर्ण कदम हुने एफडिएको भनाइ छ ।
अमेरिकामा अहिलेसम्म खोपको २६ करोड १५ लाख ९९ हजारभन्दा बढी मात्रा लगाइएको छ । त्यस्तै त्यहाँ ११ करोड ५३ लाख ३० हजार भन्दा बढिले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।
यसअघि उक्त खोप १६ वर्ष माथिकालाई मात्र लगाइएको यो । अब सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले परीक्षणको नतिजा मूल्यांकन गरेर पारित गरेपछि खोप लगाउन शुरु हुनेछ । ्
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा कूल जनसंख्याको ७० प्रतिशतमा खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै ११ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप सन् २ हजार २२ को शुरुमा तयार हुने फाइजर(बायोएनटेकको भनाइ छ ।
प्रतिक्रिया