आर्थिक
सुनको भाउ तोलामा एक सय बढ्यो, प्रतितोला ९२ हजारमा कारोवार
२०७८ वैशाख २७ गते १३:५२
२७ वैशाख २०७८ काठमाडौं । छापावाल सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ ।
आज तोलामा दुई सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । देशका प्रमुख शहरहरूमा निषेधाज्ञाका कारण सुन चाँदीको कारोवार भने ठप्प प्रायः रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया