खेलकूद

प्रिमियर लीगमा एष्टन भिल्लाविरुद्ध म्यानचेष्टर युनाइटेड विजयी

हिमालय टिभी
२०७८ वैशाख २७ गते ८:४७
प्रिमियर लीगमा एष्टन भिल्लाविरुद्ध म्यानचेष्टर युनाइटेड विजयी

२७ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

लीग अन्तर्गत दोस्रो स्थानको युनाइटेड एष्टन भिल्लामाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भिल्लालाई २४औं मिनेटमा बेर्ट्रान्ड ट्राओरेले अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफ युनाइटेडले लगातार तीन गोल थपेको थियो । उसका लागि ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक(एक गोल गरे ।

यस्तै ८९ औं मिनेटमा ओली वाट्किन्सले रेड पाएर मैदानबाट बाहिरिएपछि भिल्लन १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । उता समान खेलबाट ४८ अंकसहित एष्टन ११ औं स्थानमा छ ।

प्रिमियर लीगकै अन्य खेलमा उल्भ्सले ब्राइटनलाई २–१, आर्सनलले वेष्ट ब्रोमलाई ३–१ र एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई १० ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्