ला लिगाको उपाधि दावेदार रियल मड्रिड सेभियासँग बराबरीमा रोकियो
२७ वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलको उपाधि दाबेदार रियल मड्रिड बराबरीमा रोकिएको छ ।
ला लिगामा रियलले सेभियासँग दुईदुई गोलको बराबरी खेलेको हो । रियलको मैदानमा सेभियाले २२औं मिनेटमा फर्नान्डो रिगेसको गोलसँगै अग्रता लियो ।
६७औं मिनेटमा रियलका मार्को असान्सियोले गोल गर्दै खेल १–१ को बराबरी गरे । त्यसपछि सेभियाका लागि ७८औं मिनेटमा इभान रेकिटिक र रियलकातर्फबाट इडेन हजार्डले अतिरिक्त समयमा गोल गरेपछि खेल २–२ को बराबरी भएको थियो ।
बराबरीसँगै रियलले शीर्ष स्थानमा फर्किने मौका समेत गुमाएको छ । दोस्रो स्थानमा उक्लिएको रियलले ३५ खेलबाट ७५ अंक जोडेको छ ।
उता समान खेलबाट शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ तथा तेस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।
ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडलाई ३–०, सेल्टा भिगोले भिल्ला रियाललाई ४–२ र इबरले गेटाफेलाई १० ले हराए ।
प्रतिक्रिया