धादिङमा चेपाङ किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप

हिमालय टिभी
२०७८ वैशाख २६ गते १३:२८
धादिङमा चेपाङ किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप

२६ वैशाख २०७८ धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिकाका चेपाङ किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ ।

गाउँपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९ को रोवाङ, थान्सिङ, पिपलडाँडा, ऐवाङ, वडा नम्बर १० को लैताक, कोषराङ, हेक्राङ र वडा नम्बर ६ को वुङपुङ, रोतेश, बोम्राङ क्षेत्रमा बढी फौजी किराको संक्रमण देखिएको त्यहाका किसानहरुले बताएका छन् ।

गत वर्ष पनि यस्तै किरा, खडेरी अनि मल अभावले निम्न वर्गिय समुदायको अन्न उत्पादनमा ह्रास आइ फागुन ताकै अन्न सकिएको थियो ।

केही किसानले कृषी सेवा केन्द्रबाट औषधि लगेर छर्दा पनि फरक नपरेको किसनको गुनासो छ ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका चेपाङहरुलाई कोरोनाका कारण ज्यालामजदुरीको बाटो पनि बन्द भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *