खेलकूद

बायर्न म्युनिखलाई नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि

हिमालय टिभी
२०७८ वैशाख २६ गते ७:५५
बायर्न म्युनिखलाई  नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि

२६ वैशाख २०७८ काठमाडौं । बायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ ।

गएराति बोरुसिया मोन्चेङ्ग्लाडवाचमाथि ६–० को शानदार जित निकाल्दै बायर्न दुई खेल अगावै जर्मन च्याम्पियन बनेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे । लेवान्डोस्कीले खेलको दोस्रो, ३४औं र ६५ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै थोमस मुलर, किंग्सले कोम्यान र लेरोय सानेले पनि एक(एक गोल थपे । उपाधि पक्का गरेको बायर्नले ३२ खेलबाट ७४ अंक जोड्यो । दोस्रो स्थानको आरबी लेइप्जिगको ६४ अंक छ ।

यसअघि नै लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३२ ले पराजित भएसँगै बायर्नको उपाधि जित्ने पक्का भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्