समाज

अक्सिजन अभावमा अस्पतालमै यसरी भकाभक मर्न थाले कोरोना संक्रमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २६ गते ६:५६
अक्सिजन अभावमा अस्पतालमै यसरी भकाभक मर्न थाले कोरोना संक्रमित (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७८ बुटवल । कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीका अस्पतालमा अहिले अक्सिजनको अभाव छ । अक्सिजन अभाव हुँदा बिरामीको ज्यान गइरहेको छ । अक्सिजन अभावमा बिरामीको मृत्यु नै हुन थालेपछि संक्रमितका आफन्तहरु चिन्तित छन् ।

कोरोना संक्रमित अक्सिजन अभावमा आफ्ना श्रीमानको मृत्युभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा यी महिला शोकमा हुनुहुन्छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल आएका उहाँका श्रीमानलाई आईसीयुमा राख्नुपर्ने थियो । आईसीयू त परैको कुरा उहाँका श्रीमानले अक्सिजनसमेत पाउनु भएन र ज्यान गुमाउनु पर्‍यो ।

अक्सिजन अभावमा बिरामीले ज्यान नै गुमाउनु परेपछि अरु संक्रमितका आफन्त झनै आत्तिएका छन् । बुटवलमा टाढा टाढाबाट उपचारका लागि बिरामी आएका छन् । केहीले भर्ना पाएका छन् ।

केही भर्नाको प्रतिक्षामा अस्पतालको फिबर क्लिनिकमा प्राथमिक उपचार गराएरै बसेका छन् । भर्ना भएका बिरामीलाई दिइएको अक्सिजन जुनसुकै बेला सकिने भन्दै बिरामीका आफन्तलाई अक्सिजनको जोहो गर्न अस्पतालले भनिरहेको छ ।

अस्पतालले अक्सिजन छैन । उपचार गर्न सक्दैनौ भनेर हात उठाइसकेको छ । त्यसैले बिरामीका आफन्त अब के गर्ने भन्ने अन्योलमा छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आईसीयु कक्ष र फिबर क्लिनिक कोरोना संक्रमितले भरिएका छन । गम्भिर बिरामी आए पनि उपचार पाउन कठिन छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र अहिले दैनिक ४ सय अक्सिजन सिलिण्डरको आवश्यकता छ । तर अस्पतालमा अहिले अढाई सयदेखि ३ सय सिलिण्डर मात्र पाउने गरेको छ । त्यसैले समस्या भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र हैन, कोरोना संक्रमित धेरै भएका शहरी क्षेत्रका सबै अस्पतालको स्थिति त्यस्तै छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *