खेलकूद

विराटनगरलाई हराउँदै ललितपुर नेपाल सुपर लीग फूटबलको प्लेअफमा

हिमालय टिभी
२०७८ वैशाख २५ गते १८:०५
विराटनगरलाई हराउँदै ललितपुर नेपाल सुपर लीग फूटबलको प्लेअफमा

२५ वैशाख २०७८ काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लीग एनएसएल फूटबलको प्लेअफमा पुगेको छ ।

दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले हराउँदै ललितपुरले तेश्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो ।

अब ललितपुरले इलिमेनेटर राउन्डमा खेल्ने छ । ललितपुरसँग हारेको विराटनगर भने पाँचौँ स्थानमा रहँदै घर फर्केको छ । आजको खेलमा शुरुदेखि नै आक्रमक खेलेको ललितपुरलाई जिताउन कप्तान अन्जन बिष्टले दुई गोल गरे ।

विमल राना र नुर्लान जाहिदले एक(एक गोल थपे । लगातार चार खेलमा जित हात पार्न नसकेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गर्दै राजु तामाङ्गलाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो । तामाङ्गले जिम्मेवारी सम्हालेपछिका लगातार दुई खेल जित्दै ललितपुरले शीर्ष चार स्थान सुरक्षित गरेको हो ।

एनएसएलको दोस्रो खेलमा अहिले केहिबेरमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरेको धनगढी शीर्ष स्थानमा रहेको टोली हो भने बुटवल पुछारबाट दोस्रो स्थानमा छ । प्लेअफमा स्थान बनाउन बुटवललाई अहिलेको खेल जित्नै पर्ने दबाब छ । अहिलेको खेलमा बुटवलले नजिते पोखरा थन्डर्स प्लेअफमा पुग्ने छ ।

एफसी चितवनको भने एक खेल अघि नै प्ले अफ पुग्ने संभावना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्