निषेधाज्ञासँगै तरकारीको कारोवारमा ५० प्रतिशत गिरावट (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७८ काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि तरकारीको कारोवारमा ५० प्रतिशतले गिरावट आएको छ ।
निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।
सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मुल्यमा पनि गिरावट आएको छ ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ ।
बोडी, सिमी, घिरौला, लौका लगायत सिजन तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।
समितिले स्थानीय तहसँगको समन्वयनमा जुन सुकै समयमा पनि कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद विक्रिका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ ।
किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रिका लागि रातीको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला
प्रतिक्रिया