विदेश

कोरोना हावाबाट पनि फैलन सक्ने सम्भावना छः सीडीसी

हिमालय टिभी
२०७८ वैशाख २५ गते १४:०३
कोरोना हावाबाट पनि फैलन सक्ने सम्भावना छः सीडीसी

२५ वैशाख २०७८ न्युयोर्क । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना भाइरसको संक्रमण हावामार्फत समेत फैलन सक्ने सम्भावना रहेको बताएको छ।

सीडीसीद्वारा जारी कोरोना भाइरस सम्बन्धी निर्देशिकामा सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि संक्रमण हुन सक्ने उल्लेख छ । सिडिसी श्वास फेर्दा हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने जनाएको छ ।

त्यस्तै भाइरसलाई छोएको हात वा भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा संक्रमण हुन सक्ने बताएको छ। वायुमार्फत पनि सर्ने भाइरस संक्रमित व्यक्तिबाट ६ फिटको दूरीमा रहेपनि सर्न सक्ने चेतावनी सीडीसीले दिएको छ ।

सीडीसीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका व्यक्तिले बाहिर मास्क लगाउन अत्यावश्यक नहुने तर खोप लगाएका र नलगाएका छुट्याउन नसकिने भन्ने अन्यौलका बीचमा यस्तो निर्देशिका जारी गरेको हो ।

यसअघि सीडीसीले भाइरसको संक्रमण अधिकांश समय संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख गरेको थियो । त्यस्तै उसले भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो ।

उता संक्रामक रोग विज्ञहरुले भने भाइरस अति साना हावामा हुने कणबाट पनि सर्न सक्ने भन्दै सीडीसी तथा विश्व स्वास्थ्य संगठनलाई सचेत हुनुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *