खेलकूद
प्रिमियर लीगमा लेष्टर सिटीविरुद्ध न्यूक्यासल युनाइटेड विजयी
२०७८ वैशाख २५ गते ८:२४
२५ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ ।
प्रिमियर लीगको पछिल्लो खेलमा न्यूक्यासलले लेष्टर सिटीलाई २(१ गोलले पराजित गरेको हो । अवे मैदानमा न्यूक्यासलले २२औं मिनेटमा जोय विल लकको गोलसँगै अग्रता लियो ।
त्यसपछि न्यूक्यासलका लागि ३४औं मिनेटमा पाउल डुममेटले तथा ६४औं र ७३औं मिनेटमा कालुम विल्सनले व्यक्तिगत दुई गोल थपेका थिए ।
लेष्टरकातर्फबाट ८०औं मिनेटमा मार्क अलब्राइटन र ८७ औं मिनेटमा केलिची इहनाचोले गोल गरे ।
हारका बावजूद लेष्टर ३५ खेलबाट ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ । उता १३औं स्थानकद्द न्यूक्यासलले समान ३५ खेलबाट ३९ अंक जोडेको छ ।
प्रतिक्रिया