प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था छैनः सांसद खतिवडा (भिडियो कुराकानी)
२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेता एवं सांसद विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने अवस्था नरहेको बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री सांसद खतिवडाले २७ गते विश्वासको मत लिएर २८ गते निकाल्ने योजना बनाएकोले आफ्नो समूह मत दिने अवस्था नरहेको बताउनुभयो ।
प्रधानमन्त्रीलाई मत दिएपछि आफूहरुले मृत्यू वरण गर्नुपर्ने अवस्था स्वीकार्य नभएको उहाँले प्रष्ट पार्नुभयो ।
मत दिने नदिने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा रहेको भन्दै खतिवडाले फागुन २८ यताका सबै निर्णय खारेज गरी पार्टीलाई ०७५ साल जेठ २ गर्ने फर्काउनुपर्ने शर्त राख्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ, तर एमालेको नेपाल खनाल समूहले मत दिन नदिने अहिलेसम्म टुंगो छैन ।
ओलीले कारवाही गर्ने तयारी गरेको भन्दै नेपाल खनाल समूहका ३० जना सांसद सामूहिक राजिनामको तयारी समेत गरेर छलफलमा छन् ।
प्रतिक्रिया