आर्थिक
सुनको भाउ एकै दिन बढ्यो तोलाको एक हजार एक सय
२०७८ वैशाख २४ गते १३:५०

२४ वैशाख २०७८ काठमाडौं । सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ३० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया