खेलकूद
चेल्सी च्याम्पियन्स लीग फूटबलको फाइनल प्रवेश
२०७८ वैशाख २३ गते ८:०९

२३ वैशाख २०७८ काठमाडौं । दोस्रो लेगमा रियल मड्रिडलाई २–० ले हराउँदै चेल्सी च्याम्पियन्स लीग फूटबलको फाइनलमा पुगेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले पाहुना टोली रियल मड्रिडलाई २–० ले हराएको हो ।
अब उपाधिका लागि चेल्सीले म्यानचेस्टर सिटीको सामना गर्ने छ । योसँगै यो वर्ष च्याम्पियन्स लीगको फाइनलमा दुई इंग्लिस क्लब भिड्ने भएका हुन् ।
पहिलो लेगमा चेल्सी र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा चेल्सीलाई जिताउन खेलको २८ औं मिनेटमा टिमो वेर्नर र ८५ औं मिनेटमा मासन माउन्टले गोल गरे ।
चेल्सी सन् २०१२ पछि च्याम्पियन्स लीगको फाइनलमा पुगेको हो । त्यसबेला चेल्सीले बायर्न म्युनिखलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया