आर्थिक
सुनको भाउ तोलामा तीन सय घट्यो, प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोवार
२०७८ वैशाख २२ गते १३:१५

२२ वैशाख २०७८ काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आज एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।
देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोवार भने शून्य जस्तै रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया