खेलकूद

म्यानचेष्टर सिटी च्याम्पियन्स लीगको फाइनल प्रवेश

हिमालय टिभी
२०७८ वैशाख २२ गते ८:२०
म्यानचेष्टर सिटी च्याम्पियन्स लीगको फाइनल प्रवेश

२२ वैशाख २०७८ काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लीग फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल पुग्ने क्रममा सिटीले दोस्रो लेगमा फ्रेञ्च क्लब पिएसजीमाथि २० को जितसहित समग्रमा ४–१ गोलको नतिजा निकालेको हो ।

पहिलो पटक सिटीलाई च्याम्पियन्स लीगको फाइनलमा पुर्‍याउन दुबै गोल रियाद महरेजले गरेका थिए । घरेलु मैदान इतिहाद रंगशालामा महरेजले खेलको ११औं र ६३औं मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै एञ्जल डी मारियाले रेड कार्ड पाएपछि ६९औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित बनेको थियो ।

अवे मैदानमा पहिलो लेग सिटीले २–१ ले जितेको थियो । सिटीले अब उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मड्रिडको मैदानमा पहिलो लेग १–१ को बराबरीमा सकिएको छ । दोस्रो लेग चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । त्यस्तै फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ तारिखमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्