खेलकूद

नेपाल सुपर लीगमा आज धनगढी एफसी र पोखरा थन्डर्स भिड्दै

हिमालय टिभी
२०७८ वैशाख २२ गते ८:१३
नेपाल सुपर लीगमा आज धनगढी एफसी र पोखरा थन्डर्स भिड्दै

२२ वैशाख २०७८ काठमाडौं । नेपाल सुपर लीग फूटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्सबीच खेल हुँदैछ ।

धनगढीको लक्ष्य आज फेरी शीर्ष स्थानमा फर्कने र प्लेअफ पुग्ने सम्भावना थप बलियो बनाउने हुनेछ । तर धनगढी आज पराजित भए उसले अन्तिम खेल जित्नैपर्ने हुन्छ ।

तेस्रो स्थानको धनगढीले ४ खेल बाट ५ अंक जोडेको छ । उता पोखरा विजयी भए अंक तालिकामा शीर्ष चारको यात्रा थप रोमाञ्चक बन्नेछ ।

तर पराजित भए शीर्ष चारमा अटाउन उसले लीगको अन्तिम खेलको नजिता र अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

पाँचौ स्थानमा रहेको पोखराले समान चार खेल खेल्दै ५ अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साँढे पाँच बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्