समाज

झापामा भयावह बन्दै कोरोना, संक्रमणदर ८० प्रतिशतसम्म ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते १९:०८
झापामा भयावह बन्दै कोरोना, संक्रमणदर ८० प्रतिशतसम्म ! (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ झापा । झापामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणदर ८० प्रतिशतसम्म पाइएको छ । भारतसँगको खुल्ला सीमाका कारण पनि झापा बढी जोखिममा देखिएको छ । संक्रमण यही गतिले बढ्दै गए थेग्न नसक्ने भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् ।

मेची अञ्चल अस्पताल झापाका बायोकेमिष्ट जितेन्द्रकुमार झाको यो भनाइले कोरोना संक्रमणको भयावह अवस्था स्पष्ट हुन्छ । कोरोना महामारी भयावह भइसक्दा पनि आमनागरिकले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा थप समस्या भएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनहुँ नयाँ भेरियन्टका सङ्क्रमित थपिँदैछन् । पीआर परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको छ ।

अहिले मेची अञ्चल अस्पताल र सुरुगांस्थित कोटीहोममा पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको छ । दैनिक १ हजार जनाको परिक्षण गर्न सकिए पनि जनशक्ति अभावले ५ सय जनाको परिक्षण हुँदै आएको छ । सामाजिक दूरी कायम नगरी पिसिआर परीक्षण गराउने भिडले गर्दा निरोगी मानिस संक्रमित हुने जोखिम उत्तिकै छ ।

सक्रमण कम गर्न भन्दै सोमबार बिहानदेखि झापामा निषेधाज्ञा लगाइएको छ । तर त्यसको राम्रोसँग पालना भएको छैन । यसले संक्रमण झन फैलने खतरा छ ।

अहिलेसम्म झापाको मेची अंचल अस्पतालमा बेड र अक्सिजनको पूर्ण व्यवस्थापन भएको जनाएको छ । संक्रमण अहिलेकै गतिमा बढ्दै सम्हाल्न नसक्ने अवस्थामा पुग्ने चिकित्सकको चेतावनी छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारसँग आमनागरिकले पनि ध्यान दिनु आवश्यक छ । निषेधाज्ञाको पूर्ण पालना गर्ने, घरभित्रै बस्ने गर्दा सुरक्षित हुन सकिन्छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *