खेलकूद

कोरोना संक्रमणबाट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष बज्राचार्यको निधन

हिमालय टिभी
२०७८ वैशाख २१ गते १७:३५
कोरोना संक्रमणबाट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष बज्राचार्यको निधन

२१ वैशाख २०७८ काठमाडौं । नेपाल फूल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद बज्राचार्यको कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमण भएपछि एपिएफ अस्पतामा भेन्टिलेटरमा उपचार गराईरहेको बज्राचार्यको ६५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

वैशाख १६ गतेदेखी कोरोना संक्रमण भई गणेशमान सिंह मेमारियल अस्पतालमा भर्ना भएका बज्राचार्यको स्वास्थ्य स्थिति खराब भएपछि १९ गते एपीएफ अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

प्रशिक्षक र ज्युरीको रुपमा सक्रिय उनले दुई पटक विश्व च्याम्पियन, सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इन्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा पदक जितेका थिए ।

कराँतेका अग्रणी व्यक्तित्वका रुपमा परिचित बज्राचार्यका १ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्