खेलकूद

प्रिमियर लीगमा बर्नलीविरुद्ध वेष्टह्याम युनाइटेडको जित

हिमालय टिभी
२०७८ वैशाख २१ गते ८:१९
प्रिमियर लीगमा बर्नलीविरुद्ध वेष्टह्याम युनाइटेडको जित

२१ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्टह्याम युनाइटेड विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत गएराति वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा बर्नलीले क्रिस वूडको पेनाल्टी गोलसँगै १९औं मिनेटमा अग्रता बनाएको थियो ।

तर दुई मिनेटपछि नै वेष्टह्यामका मिकेल एन्टोनिओले गोल गर्दै खेल १–१ को बराबरी गरे । लगत्तै २९ औं मिनेटमा एन्टोनिओले व्यक्तिगत दोस्रो गोल थपेपछि वेष्टह्याम २–१ ले विजयी भयो ।

जितपछि पाँचौ स्थानको वेष्टह्यामले ३४ खेलबाट ५८ अंक जोड्दै शीर्ष चारभित्र रहँदै च्याम्पियन्स लीग खेल्ने सम्भावना कायमै राखेको छ ।

प्रिमियर लीगकै अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले ११ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्