खेलकूद

आईपीएलमा कोलकाता र बेङ्लोरबीचको आजको खेल स्थगित

हिमालय टिभी
२०७८ वैशाख २० गते १३:३८
आईपीएलमा कोलकाता र बेङ्लोरबीचको आजको खेल स्थगित

२० वैशाख २०७८ चेन्नई । इन्डियन प्रिमियर लीग (आईपीएल)मा आज हुने तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लोरबीचको खेल स्थगित भएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आज बेलुकी हुने तय भएको कोलकाता र बेङ्लोरबीचको खेल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको हो ।

कोलकाताको क्याम्पमा रहेका स्पिनर बरुण चक्रवर्ती, सन्दीप वारियरमा कोरोना संक्रमण देखिएपछि खेल रोकिएको छ । काँधमा चोट लागेका चक्रवर्ती उपचारका क्रममा बायो बबलबाट बाहिरिएका थिए ।

त्यसै क्रममा उनलाई संक्रमण भएको हुन सक्ने अनुमान छ । उनीहरुमा संक्रमण देखिएपछि टोलीका अन्य खेलाडी पनि परीक्षण भईरहेको छ । यो सिजन प्रतियोगितामा सहभागी खेलाडीमा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो ।

सात खेलबाट कोलकाता २ जितका साथ ४ अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने समान खेलबाट बेङ्लोर ५ जित निकाल्दै १० अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्