खेलकूद

ला लिगामा भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित

हिमालय टिभी
२०७८ वैशाख २० गते ८:२३
ला लिगामा भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले संघर्षपूर्ण जित

२० वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

ला लिगा अन्तर्गत गएराति बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोलले हराएको हो । घरेलु मैदानमा भ्यालेन्सियाले ५०औं मिनेटमा गेबरियलको गोलसँगै अग्रता बनायो ।

लगत्तै ५७औं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि ६३औं मिनेटमा एन्टोनी ग्रिजम्यान र ६९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोलसँगै बार्सिलोनाले खेलमा ३–१ को अग्रता बनायो ।

तर ८३औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले गोल गरेपछि बार्सिलोना ३–२ ले विजयी भयो । जितसँगै तेस्रो स्थानको बार्सिलोनाले ३४ खेलबाट ७४ अंक जोडेको छ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिडले समान खेलबाट ७६ तथा दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ७४ अंक छ ।

यस्तै अन्य खेलमा भिल्ला रियालले गेटाफेलाई तथा काडिजले ग्रानाडालाई समान १० ले हराउँदा रियल भालाडोलिड र रियल बेटिस १–१ को बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्