खेलकूद

दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो, पञ्जाब ७ विकेटले पराजित

हिमालय टिभी
२०७८ वैशाख २० गते ८:१२
दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो, पञ्जाब ७ विकेटले पराजित

२० वैशाख २०७८ नयाँ दिल्ली । दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्लीले शीर्ष स्थान कब्जा परेको हो । १ सय ६७ रनको लक्ष्य दिल्लीले १४ बल अगावै मात्र ३ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।

दिल्लीका लागि शिखर धवनले ६९ रनको अविजित अर्धशतकीय इनिंग्स खेले । त्यस्तै पृथ्वी शा ३९ तथा स्टेभेन स्मिथ २४ रनमा आउट भए ।

यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गर्दै पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६६ रनको योगफल तयार पारेको थियो । पञ्जाबका कप्तान मयंक अग्रवाल ९९ रनमा अविजित रहे ।

बलिङमा दिल्लीका काशिगो रबाडाले तीन विकेट हात पारे । दिल्लीले ८ खेलबाट १२ जोडेको छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेंल्लोर आमने सामने हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्