जुम्लाबाट ७ जना स्वास्थ्यकर्मीको टोली भेरी अस्पताल पुग्यो
२०७८ वैशाख १९ गते १८:५३

१९ वैशाख २०७८ बाँके । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट डाक्टर प्रवीण गिरीको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोली नेपालगन्जको भेरी अस्पतालमा आएको छ ।
प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा। गिरीसहित दुई जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना हेल्थ असिसटेन्ट नेपालगन्ज आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
कोरोनाको महामारी फैलिएर भेरी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाब भए पछि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानसंग समन्बय गरेर स्वास्थ्यकर्मी नेपालगञ्ज पठाएको हो ।
भेरी अस्पतालमा २ सय ७२ जना कोरोना संक्रमित भर्ना भएका छन । भर्ना भएका मध्ये १ सय ३ जना गम्भीर छन । १० जना भेन्टिलेटरमा छन ।
प्रतिक्रिया