खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजय यात्रा कायमै

हिमालय टिभी
२०७८ वैशाख १९ गते ८:२०
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजय यात्रा कायमै

१९ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले विजयी यात्रा जारी राखेको छ ।

प्रिमियर लीगमा सिटीले क्रिष्टल प्यालेसलाई २–० गोलले हरायो । अवे मैदानमा सिटीले ५७ औं मिनेटमा सर्जियो अग्युरोको गोलसँगै अग्रता बनायो । त्यसको दुई मिनेटपछि नै फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारेका थिए ।

जितसँगै सिटीले ३४ खेलबाट ८० अंक जोडेको छ । यससँगै सिटीले आफ्नो उपाधि होडलाई थप बलियो बनाएको छ ।

अब आज राति दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड लिभरपुलसँग पराजित भए सिटीले चार खेल अगावै उपाधि पक्का पार्नेछ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक रहेको छ ।

प्रिमियर लीगकै अन्य खेलमा चेल्सीले फूलह्याममाथि तथा ब्राइटनले लिड्स युनाइटेडमाथि समान २(० को जित निकाले । त्यस्तै एष्टन भिल्लाले एभर्टनलाई २(१ गोलले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्