आर्थिक
कोरोनाविरुद्धको लडाइँमा अमेरिकाले नेपाललाई ८५ लाख डलर सहयोग गर्ने
२०७८ वैशाख १८ गते १८:५७
१८ वैशाख २०७८ काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न भन्दै ८५ लाख अमेरिकन डलर अर्थात करिब एक अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाले यूएसएड मार्फत नेपाललाई आपतकालीन सहयोग गर्ने भएको हो ।
दूतावासले निकालेको विज्ञप्तिमा यो रकम, कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार, कोरोना नियन्त्रण, सीमा क्षेत्र नियन्त्रणमा खर्च गरिनेछ ।
दूतावासले यो अवधिमा यूएसएडले घरधुरी स्तरमा पनि कोरोनाविरुद्ध सचेतना अभियान चलाइरहेको जनाएको छ ।
प्रतिक्रिया