खेलकूद

कोरोनाका कारण भलिबलका सम्पूर्ण गतिविधि स्थगित

हिमालय टिभी
२०७८ वैशाख १८ गते १७:४५
कोरोनाका कारण भलिबलका सम्पूर्ण गतिविधि स्थगित

१८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढेपछि भलिबलका सम्पूर्ण गतिविधि स्थगित गरिएको छ ।

नेपाल भलिबल संघले आज सूचना निकालेर कोराना संक्रमणलाई मध्यनजर गर्दै केही समयका लागि सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको हो ।

आगामी अगस्त–सेप्टेम्बरमा चीनमा हुने एएफसी महिला भलिबल च्याम्पियनसिपकका लागि नेपाली टोलीको तयारी यही वैशाखमा शुरु गर्ने योजना थियो । तर अहिलेको अवस्थामा प्रशिक्षण शुरु नहुने भएको छ ।

संघले पछिल्लो पटक चैतमा पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग आयोजना गरेको थियो । २०७६ सालमा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि संघले २०७७ सालमा गरेको यो नै एक मात्र प्रतियोगिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्