समाज

कोरोनाकालमा शिक्षा, गुल्मीमा यस्तो प्रयोग गरिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १५:०७
कोरोनाकालमा शिक्षा, गुल्मीमा यस्तो प्रयोग गरिँदै (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ गुल्मी । लकडाउनका बेला गत वर्ष टोल–टोलमा गएर पठनपाठन संचालन गरेका गुल्मीका विद्यालयले यसवर्ष पनि वैकल्पिक शिक्षामै जोड दिएका छन् । घरमै बसेर अध्ययन गर्दा विद्यार्थीले स्कुलको जस्तो वातावरण पाएका छैनन् । तर उनीहरुसँग त्यसको विकल्प पनि छैन ।

कोरोना संक्रमणको दोश्रो लहर शुरु भएसँगै देशभरका धेरैजसो विद्यालय बन्द भएका छन् । त्यसैले विद्यार्थी फुर्सदिला छन् ।

घरमा अभिभावकले विद्यार्थीलाई सकेसम्म पढ्नका लागि उत्प्रेरणा जगाएका छन् । तर विद्यालय गएजस्तो गरेर उनीहरुले पढ्न सकेका छैनन् । विद्यालयमा पढेको जस्तो वातावरण घरमा बन्न सकेको छैन ।

त्यसैले विद्यालयले टोलटोलमा पुगेर विद्यार्थीको हेरचाह गरिदिए हुन्थ्यो भन्ने चाहना अभिभावकले राखेका छन् ।

अहिलेको जस्तै समय आउला र वैकल्पिक माध्यमबाट शिक्षा दिनु पर्छ भनेर सरकारले देशभरका २० वटा गाउँपालिकामा नमूनाका रुपमा सिकाइ निरन्तरता अभियान सञ्चालन गरेको छ । त्यो कार्यक्रम अन्तर्गत गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षा प्रतिकार्य योजना तयार गरेको छ ।

वैकल्पिक शिक्षा बारे बुझेमा अभिभावकको चाहनाअनुसार विद्यार्थीलाई सिकाउन सकिने शिक्षकको तर्क छ ।

पोहोर कोभिडको समयमा गुल्मीका विद्यालयले पनि वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाएका थिए । भर्चुअल कक्षा, टोलटोलका विद्यार्थी र शिक्षकबीचको सामूहिक कक्षा वैकल्पिक शिक्षाका माध्यम बनेका थिए । अहिले फेरि त्यही दोहोरिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *