समाज
बागलुङमा पीसीआर परीक्षण, ३० जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १८ गते १४:४३

१८ वैशाख २०७८ बागलुङ । सरकारले घोषणा गरेको करिब १० महिनापछि बागलुङको धौलागिरि अस्पतालमा पीसीआर परीक्षण शुरु भएको छ ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई लक्षित गरेर पीसीआर ल्याब सञ्चालनमा ल्याइएको हो । अब स्वाब परीक्षणका लागि पोखरा र काठमाडौँ पुर्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । पीसीआर मेशिन जडान भएपछि परीक्षण गर्न सहज भएको छ ।
बागलुङमा उपलब्ध पीसीआर मेशिनबाट एक दिनमा ७० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । संकलन गरिएको स्वाबको २४ घन्टा भित्रै नतिजा दिन सकिन्छ ।
अस्पतालको प्रयोगशालामा पहिलो पटक ३० जनाको स्वाब परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखिएको धौलागिरि अस्पतालले जनाएको छ।
प्रतिक्रिया