समाज

अन्तर्राष्ट्रिय श्रमिक दिवस : वास्तविक मजदुर भने दिवसबारे अनभिज्ञ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १४:३६
अन्तर्राष्ट्रिय श्रमिक दिवस : वास्तविक मजदुर भने दिवसबारे अनभिज्ञ (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ बागलुङ । श्रमिक दिवस मनाइरहँदा बागलुङको कालिगण्डकी नदीमा काम गर्नेलाई भने यसबारे कुनै जानकारी छैन । श्रमिक दिवसबारे जानकारी नभएका उनीहरुलाई आफ्नो कामसँग मात्र मतलव छ ।

सन् १८८६ देखि मनाइँदै आएको विश्व श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्याक्रम गरेर मनाउने गरिएको छ । विश्वभर श्रमिक दिवस मनाइरहँदा बागलुङको कालिगण्डकी किनारमा काम गरिरहेका मजदुर भने बालुवा चाल्न, बालुवा ट्रायाक्टरमा लोड गर्न, ढुङ्गा फोरेर गिट्टी बनाउनमै व्यस्त छन् । उनीहरुलाई श्रमिक दिवस के हो भन्ने पनि थाहा छैन ।

हप्ता दिन दुःख गरेर एक ट्रिप बालुवा बनाउने श्रमिकले गरेको आधा श्रम ठेकेदारले लैजाने गरेको श्रमिकको गुनासो छ । गम्भीर रोग लाग्यो भने पनि उपचार गर्न समस्या आउने भन्दै मजदुर चिन्तित छन् ।

विश्वभर फैलिरहेको कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परे पनि विशेषगरी दिनभर काम गरेर बिहान बेलुका हात मुख जोड्ने श्रमिकलाई अझै बढी असर परेको छ । खासगरि श्रमिकमा रोगभन्दा भोकले मरिन्छ कि भन्ने पीर छ । आफूसँग कोरोनाबाट बच्नका लागि मास्क तथा स्यानिटाइजर किन्ने पैसा समेत नभएको उनीहरु बताउछन् ।

राजधानी लगायत देशका प्रमुख शहरमा निषेधाज्ञा भएको अवस्थामा बागलुङमा समेत कोरोनाको प्रभाव बढेसँगै लकडाउन हुने सम्भावना बढेको छ । अझै पनि श्रमिकमा रोजगारी गुम्ने होकी भन्ने डर रहिरहेको स्थानीय व्यवासायीहरु बताउँछन् ।

विश्वमा मजदुर आन्दोलनले धेरै फड्को मारिसकेको छ । तर, नेपालका मजदुरले अहिले खान पुग्ने गरी तलब हैन आफुले दिनभरि काम गरेको ज्याला चाहियो भनेर आन्दोलन गर्नुपर्ने अवस्था विद्यमान छ । मजदुरमाथि अझै पनि शोषण भइरहँदा श्रमिक दिवसका नाममा लगाइने नारा केवल नारामै मात्र सीमित बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *