समाज

समुदायस्तरमा कोरोना फैलिएपछि ८१ वटै वडामा प्रहरीको सचेतना कार्यक्रम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १८ गते १४:२६
समुदायस्तरमा कोरोना फैलिएपछि ८१ वटै वडामा प्रहरीको सचेतना कार्यक्रम (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ बाँके । बाँके जिल्लामा समुदायस्तर मै कोरोना संक्रमण फैलिएर स्थिति भयाबह बन्दै गएपछि बाँके प्रहरीले जिल्लाका ८१ वटै वडामा कोरोना सम्बन्धी सचेतना अभियान शुरु गरेको छ ।

जिल्लाका सबै प्रहरी कार्यालयहरुले आआफ्नो क्षेत्रमा सचेतनासम्बन्धी माइकिङ गर्न थालेका छन् । रेडक्रस र जनप्रतिनिधिहरुसँग सहकार्य गरेर प्रहरीले माक्स लगाउन, साबुन पानीले पटकपटक हात धुन, स्वास्थ् सम्बन्धी समस्या आए तत्कालै नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न आग्रह गर्न थालेका छन् ।

प्रहरीले शहरी क्षेत्र र राजमार्गमा चल्ने सवारी साधनलाई रोकेर यात्रु तथा चालकले माक्स लगाए–नलगाएको अनुगमन गर्ने कामसमेत गरिरहेको छ ।

कोरोनाको दोस्रो लहर चलिरहेका बेला नागरिकमा जोखिम कम गर्न भन्दै प्रहरीले यस्तो अभियान सुरु गरेको हो । बाँकेमा लकडाउन शुरु भएको ९ दिन बितिसक्दा पनि संक्रमणको दर बढ्दो छ ।

दिनहुँ करिब ६ सयको संख्यामा संक्रमित थपिदै गएका छन् । संक्रमणबाट दैनिक करिब १० जनाको मृत्यु हुने गरेको छ । अस्पतालहरु संक्रमित बिरामीले भरीभराउ छन् । सिकिस्त बिरामीले पनि अस्पतालहरुमा बेड र अक्सिजन नपाउने अबस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *