आर्थिक

कोरोना बढेसँगै ठाउँठाउँमा जारी निषेधाज्ञाले उद्योगी व्यवसायीमा यस्ता चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १७:४९
कोरोना बढेसँगै ठाउँठाउँमा जारी निषेधाज्ञाले उद्योगी व्यवसायीमा यस्ता चिन्ता (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढेसंगै सरकारले ठाउँ ठाउँमा गरेको निषेधाज्ञाले उद्योगी व्यवसायी फेरि चिन्तित छन् । गत वर्षदेखि नै थला परेका उनीहरु सरकारले समस्या बुझ्न नसकेको गुनासो गरिरहेका छन् ।

कोरोना संक्रमणका कारण एक वर्ष बन्दको मार खोपेका उद्योगी व्यवसायी फेरि निषेधाज्ञाकै कारण मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि भन्दै पोहोर लकलाउन गरियो । जसले गर्दा उद्योग व्यवसाय चल्न सकेनन् ।

कोरोना कहर कम भएसँगै विस्तार उद्योगधन्दा पुरानै लयमा फर्कन लागेका थिए । तर फेरि संक्रमण बढ्यो । र सरकारले अहिले पनि फेरि संक्रमण रोक्नका लागि भन्दै काठमाडौं उपत्यकासहितका ठूला शहरी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । यसबाट उद्योगीहरु फेरि एक पटक समस्यामा छन् ।

पोहोर कोरोना भाइरस नयाँ थियो । यसको उपचारको कुनै ओखती खोप थिएन । तर अहिले कोरोनाको खोप आइसकेको छ । तर सरकारले खोपको व्यवस्था गर्नुको सट्टा लकडाउन र निषेधाज्ञालाई नै अन्तिम विकल्प रोजेको उनीहरुको आरोप छ ।

नेपालमा आएको खोप लगाउनेमा पनि आफूहरुलाई प्राथमिकतामा नपारिएको उनीहरुको आरोप छ । आपूर्तिमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खुद्रा व्यवसायीहरुलाई खोप दिनुपर्नेमा पनि सरकारको ध्यान नपुगेको गुनासो उनीहरु गर्छन् ।

गत वर्ष जसो तसो गरेर भएपछि व्यवसाय टिकाएका व्यवसायीलाई फेरि विगतकै हालत हुने हो की भन्ने चिन्ता छ । पोहोरको लकडाउन र निषेधाज्ञामा भएको घाटाले व्यवसायबाट पलायल हुनु नपरे पनि अब चाहीँ पलायन नै हुनु पर्ने हो कि भन्ने डर उनीहरुलाई छ ।

नेपालको पनि सक्रमणदर बढ्दा र राज्यले उद्योग सञ्चालनको लागि ठोस निति नल्याउदा उद्योगी व्वसायीहरुको मनोवल घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *