कोरोना संक्रमणबाट सुर्खेतमा थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १७ गते ८:१४
कोरोना संक्रमणबाट सुर्खेतमा थप दुई जनाको मृत्यु

१७ वैशाख २०७८ सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।

अस्पतालमा कोरोना उपचार गराइरहेका पञ्चपुरी नगरपालिका ५ का ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो

उहाँका अनुसार मृतक पुरूषको साँझ ६ बजेर ५३ मिनेटमा मृत्यु भएको हो ।
यस्तै, कोरोना संक्रमणकै कारण लेकबेसी नगरपालिका १ का ५४ वर्षीय पुरूषको मृत्यु भएको छ । उनको उपचारका लागि प्रदेश अस्पताल ल्याउँदैगर्दा बाटोमै मृत्यु भएको डाक्टर पौडेलले जानकारी दिनुभयो

योसँगै बिहीबार प्रदेश अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहान मात्रै कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *