खेलकूद
बार्सिलोनाले गुमायो ला लीगा फूटबलको शीर्ष स्थानमा पुग्ने मौका
२०७८ वैशाख १७ गते ८:०२

१७ वैशाख २०७८ काठमाडौं । स्पेनिस ला लीगा फूटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।
गएराति भएको खेलमा ग्रानडासँग २–१ ले पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो ।
खेलको २३ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेसँगै कायम गरेको अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो । ग्रानडाका लागि खेलको ६३औं मिनेटमा मचिस र ७९औं मिनेटमा मोलिनाले गोल गरे ।
पराजयसँगै बार्सिलोना ७१ अंकसहित लीगको तेस्रो स्थानमा यथावत रह्यो । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ र दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । विजयी ग्रानडा ४५ अंक सहित लिगको आठौं स्थानमा छ ।
प्रतिक्रिया