खेलकूद

पीएसजी च्याम्पियन्स लीगमा म्यानचेस्टर सिटीसँग पराजित

हिमालय टिभी
२०७८ वैशाख १६ गते ८:४३
पीएसजी च्याम्पियन्स लीगमा म्यानचेस्टर सिटीसँग पराजित

१६ वैशाख २०७८ काठमाडौं । शुरुवाती अग्रता जोगाउन नसक्दा च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन पीएसजी पराजित भएको छ ।

गए राति भएको खेलमा म्यानचेस्टर सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।

एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्होसले हेड गोलमार्फत पीएसजीलाई खेलको १५ औं मिनेटमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६४ औं मिनेटमा डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

पहिलो लेगमा प्राप्त जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्