खेलकूद

चेन्नई सुपर किङ्स आईपीएलको शीर्ष स्थानमा, हैदराबाद ७ विकेटले पराजित

हिमालय टिभी
२०७८ वैशाख १६ गते ८:३९
चेन्नई सुपर किङ्स आईपीएलको शीर्ष स्थानमा, हैदराबाद ७ विकेटले पराजित

१६ वैशाख २०७८ नयाँ दिल्ली । सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति दिल्लीमा भएको खेलमा चेन्नईले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । मोइन अलि १५ रनमा आउट भए ।

सुरेश रैना १७ र रविन्द्र जडेजाले अविजित ७ रन बनाए । हैदरावादका राशिद खानले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले । जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । चेन्नईको यो पाँचौ जित हो । हैदरावादको यो पाँचौ हार हो । पुछारको हैदरावादले ६ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्