खेलकूद
आईपीएल क्रिकेट लीगमा आज चेन्नई र हैदरावादबीच खेल हुने
२०७८ वैशाख १५ गते ९:०३
१५ वैशाख २०७८ नयाँ दिल्ली । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज पनि एक मात्र खेल हुने भएको छ ।
आज हुने खेलमा लीगको दोस्रो स्थानमा रहेको चेननई सुपर किंग्स र अन्तिम स्थानमा रहेको सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने आजको खेल साँझ पौने ८ बजेबाट शुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर लीगको शीर्ष स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बैंगलोरले १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया