खेलकूद
च्याम्पियन्स लीगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिए
२०७८ वैशाख १५ गते ७:५६
१५ वैशाख २०७८ काठमाडौं । च्याम्पियन्स लीग फूटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् ।
सेमिफाइनलको पहिलो लेगमा स्पेनिस जायन्ट रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् ।
रियलको मैदान अल्फ्रेडो डी स्टिफानो स्टेडियममा चेल्सीले १४औं मिनेटमै क्रिष्टियन पुलिसिकको गोलसँगै अग्रता लिएको थियो । तर २९ औं मिनेटमा रियलका करिम बेञ्जिमाले गोल गर्दै खेल ११ को बराबरी गरे ।
त्यसपछि खेलमा थप गोल हुन सकेन । अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा आगामी मे महिनाको ६ तारिखमा हुनेछ । रियल र चेल्सीबीच पहिलो लेगमा यस शताब्दीकै पहिलो भिडन्त भएको थियो ।
प्रतिक्रिया