नेपाल सुपर लीग फूटबलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीको पहिलो जित

Himalaya Television
२०७८ वैशाख १४ गते २०:३२

नेपाल सुपर लीग फूटबलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीको पहिलो जित

१४ वैशाख २०७८ काठमाडौं । धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गर्दै राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले कामठमाडौं रेजर्सलाई ३–० ले पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यसअघि पहिलो खेलमा धनगढीले विराटनगर फूटबल क्लबसँग ३–० ले नै पराजित भएको थियो ।

अधिकांश युवा खेलाडीका साथ मैदान उत्रिएको धनगढीले पहिलो हाफमा निकालेको तीन गोल जितका लागि पर्याप्त भएको थियो । शुरुआतमा केही दबाबमा देखिएको धनगढीले काउन्टर गर्दै काठमाडौंलाई दबाब दिएको थियो ।

सोही क्रममा टंक बस्नेतले १९औं मिनेटमा पेनाल्टी बक्सको दायाँ भागबाट प्रहार गरेको क्रस बल गोल पोस्टको साइड बार लागेर गोलमा परिणत भएको थियो । पहिलो खेलमा ललितपुर सिटीलाई १–० ले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको काठमाडौं धनगढीसँग निरन्तर दबाबमा परेको थियो ।

२३औ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । डिफेन्स लाइनबाट दिएको लामो पासलाई ओलावालेले डिफेन्डरलाई विट गर्दै जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओलावालेले दर्शन गुरुङले दिएको क्रस बललाई अनमार्क ओलावालेले पेनाल्टी क्षेत्रबाट सहजै गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा लिएको अग्रता पछि धनगढीले रक्षात्मक खेलेको थियो । ६७औं मिनेटमा रमेश दंगाल दोहोरो पहेँलो कार्डको समाना गर्दै मैदान बाहिरिएपछि १० खेलाडी सिमित भएको धनगढीविरुद्ध काठमाडौंले फाइदा उठाउन सकेन । काठमाडौंका अग्रतपंक्ति राम्रो संग चल्न नसक्दा धनगढीसँग स्तब्ध हुन पुगेको हो ।

दुई खेलबाट समान १÷१ खेलमा स्पष्ट नतिजा निकालेका दुबै धनगढी र काडमाडौंको तालिकामा समान ३÷३ अंक भएको छ । काडमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै तीन अंक बनाएको थियो भने धनगढीले काठमाडौं रेजर्सलाई हराएर पहिलो जित निकालेको हो ।

प्रतियोगितामा भोली दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल एफसी चितवन र बुटवल लुम्बिनी तथा दोस्रो खेल विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs