खेलकूद

आईपीएलमा पञ्जाबविरुद्ध कोलकाताको ५ विकेटको जित

हिमालय टिभी
२०७८ वैशाख १४ गते ८:०५
आईपीएलमा पञ्जाबविरुद्ध कोलकाताको ५ विकेटको जित

१४ वैशाख २०७८ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

आईपीएलको पछिल्लो खेलमा कोलकाताले पञ्जाब किंग्समाथि ५ विकेटको जित निकालेको हो । १ सय २४ रनको लक्ष्य कोलकाताले २० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको थियो ।

उसका लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ तथा राहुल त्रिपाठीले ४१ रन बनाए । यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

पञ्जाबका मयंक अग्रवाल ३१ तथा क्रिस जोर्डन ३० रनमा पेभेलिएन फर्के । बलिङमा कोलकाताका प्रसिद्ध कृष्णाले तीन विकेट लिए । दुबै टोलीले ६ खेल खेल्दै दुई खेलमा मात्र जित निकालेका छन् ।

कोलकाता पाँचौं तथा पञ्जाब छैठौं स्थानमा छन् । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्