खेलकूद
प्रिमियर लीगमा क्रिष्टल प्यालेसविरुद्ध लेष्टर सिटी विजयी
२०७८ वैशाख १४ गते ७:५८

१४ वैशाख २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी विजयी भएको छ ।
प्रिमियर लीगको पछिल्लो खेलमा सिटीले क्रिष्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । सिटीको मैदामा क्रिष्टलले १२औं मिनेटमै विलफ्रिड जाहाको गोलसँगै अग्रता लिएको थियो ।
त्यसपछि सिटीले लगातार दुई गोल गर्न सफल भयो । उसका लागि ५०औं मिनेटमा टिमोथी कास्टाग्ने र ८० औं मिनेटमा केलेची इहेनाचोले गोल गरेका थिए ।
जितपछि तेस्रो स्थानको लेष्टरले ३३ खेलबाट ६२ अंक जोडेको छ । उता ३२ खेल खेलेको क्रिष्टलको ३८ अंक छ ।
प्रतिक्रिया