आर्थिक

होटल व्यवसाय टिकाइराख्न बजेटमार्फत सम्बोधन गर्न व्यवसायीको माग

हिमालय टिभी
२०७८ वैशाख १३ गते १९:२५
होटल व्यवसाय टिकाइराख्न बजेटमार्फत सम्बोधन गर्न व्यवसायीको माग

१३ वैशाख २०७८ काठमाडौं । होटल व्यवसायीहरुले व्यवसाय टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।

होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अहिले कोरोना संक्रमणको दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभयो ।

फेरि पनि लकडाउन भएमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने माग होटल व्यवसायीले राखेका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषमा रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि वरिष्ठ उपाध्यक्ष शाहले गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *