कला/मनोरञ्जन

चलचित्र नोम्याडल्याण्डलाई उत्कृष्टसहित तीन वटा विधामा ओस्कार अवार्ड

हिमालय टिभी
२०७८ वैशाख १३ गते १३:३४
चलचित्र नोम्याडल्याण्डलाई उत्कृष्टसहित तीन वटा विधामा ओस्कार अवार्ड

काठमाडौं । चलचित्र नोम्याडल्याण्डले उत्कृष्ट चलचित्रसहित तीन वटा विधामा ओस्कार अवार्ड जितेको छ ।

आज घोषणा गरिएको अवार्डमा नोम्याड ल्याण्डले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । चलचित्रकी निर्देशक चोल झाओले उत्कृष्ट निर्देशक र फ्रान्सिस म्याकडोरमान्डले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

यो चलचित्रको लेखन, सम्पादन, निर्माण र निर्देशन चोल झाओले गरेकी हुन् । ओस्कार जित्ने उनी पहिलो चिनियाँ नागरिक समेत हुन् ।

नोम्याडल्याण्डले द फादर, जुदास एण्ड द ब्ल्याक मसिहा, मांक, मिनारी, प्रोमिसिङ योङ्ग वुमन र साउण्ड अफ मेटललाई पछि पार्दै अवार्ड जितेको हो । उत्कृष्ट अभिनेताको अवार्ड भने एन्थोनी होप्किन्सले जितेका छन् ।

उनले द फादर नामक चलचित्रमा अभिनय गरेका थिए । द फादरले उत्कृष्ट अभिनेतासहित उत्कृष्ट स्किृनप्लेको अवार्ड समेत जितेको छ । उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड मांकले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *