पर्सामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख १३ गते १३:१५
पर्सामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख २०७८ पर्सा । पर्सामा थप ९९ जना कोरोना सङ्क्रमित थपिएका छन्।

नारायणी अस्पतालको प्रयोगशालामा १४० जनाको स्वाब पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमितमध्ये पर्साका ८६, बाराका १०, रौतहटका २ र सर्लाहीका १ गरी ६५ जना पुरुष र ३४ जना महिला रहेका छन्।

सङ्क्रमितको उमेर १० वर्षदेखि ७२ वर्षसम्म रहेको र उनीहरूको सिटी भ्यालु १४ दशमलव १ देखि ३४ दशमलव २ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *