खेलकूद
म्यानचेष्टर सिटीलाई काराबाओ कप फूटबलको उपाधि
२०७८ वैशाख १३ गते ८:००
१३ वैशाख २०७८ काठमाडौं । म्यानचेष्टर सिटीले काराबाओ कप फूटबलको उपाधि जितेको छ ।
फाइनलमा टोटेनह्यामलाई १–० गोलले हराउँदै सिटीले लगातार चौथो पटक उपाधि उचालेको हो । वेम्बली रंगशालामा सिटीका लागि एमरिक लापोर्टेले गरेको गोल नै निर्णायक रह्यो ।
उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए । सिटीको यो आठौं काराबाओ कपको उपाधि हो ।
यसका साथै सबैभन्दा धेरै पटक यो प्रतियोगिता जित्ने टोली लिभरपुलसँग सिटीले बराबरी गरेको छ ।
प्रतिक्रिया