खेलकूद

आईपीएलमा दिल्लीको लगातार तेस्रो जित, हैदराबाद सुपर ओभरमा पराजित

हिमालय टिभी
२०७८ वैशाख १३ गते ७:५३
आईपीएलमा दिल्लीको लगातार तेस्रो जित, हैदराबाद सुपर ओभरमा पराजित

१३ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो जित निकालेको छ ।

आईपीएल क्रिकेटमा गएराति दिल्लीले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा १ सय ५९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा हैदराबादले ७ रन मात्र बनाउन सक्यो । ८ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा भेट्टाएको थियो । यसअघि १ सय ५९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादका केन विलियम्सन ६६ रनमा नटआउट रहँदा जोन्नी बेरिष्टोले ३८ रन बनाए ।

दिल्लीका अवेश खानले तीन तथा अक्षर पटेलले २ विकेट लिए । चेन्नईमा टस जितेर ब्याटिङ गरेको दिल्लीले पूरै ओभर खेलेर ४ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि पृथ्वी शाले ५३ तथा कप्तान ऋषभ पन्तले ३७ रन बनाए ।

त्यस्तै स्टेभेन स्मिथ ३४ रनमा अविजित रहँदा शिखर धवनले २८ रन बनाए । बलिङमा हैदराबादका सिद्धार्थ कौलले २ विकेट लिए । लगाता तेस्रो जित निकाल्दै दिल्ली तालिकाको दोस्रो स्थानमा पुगेको छ । ५ खेलमा ४ खेल जितेको दिल्लीको ८ अंक छ ।

उता समान ५ खेलबाट एक खेल मात्र जितेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आज पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्