खेलकूद

नेपाल सुपर लीग फूटबलमा ललितपुर र चितवन भिड्दै

हिमालय टिभी
२०७८ वैशाख १३ गते ७:४८
नेपाल सुपर लीग फूटबलमा ललितपुर र चितवन भिड्दै

१३ वैशाख २०७८ काठमाडौं । नेपालकै पहिलो फ्रेञ्चाइज फूटबल प्रतियोगिता नेपाल सुपर लीगमा आज ललितपुर सिटी एफसी र चितवन एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिता अन्तर्गत आज हुने एक मात्र खेलमा ललितपुर र चितवन भिड्न लागेका हुन् । जारी प्रतियोगितामा ललितपुरको यो दोस्रो खेल हो भने चितवनले पहिलो खेल खेल्दैछ ।

ललितपुर उद्घाटन खेलमा काठमाडौ रेजर्ससँग पराजित भएको थियो । कूल २५ खेल हुने प्रतियोगिताको फाइनल खेल जेठ १ गते हुनेछ ।

राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्