आर्थिक

लुम्बिनीको राजधानी राप्ती उपत्यकामा संरचना निर्माणका लागि गुरुयोजना तयार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १७:१२
लुम्बिनीको राजधानी राप्ती उपत्यकामा संरचना निर्माणका लागि गुरुयोजना तयार (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा हुने तय भइसकेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानी तोकेको क्षेत्रमा संरचना निर्माणका लागि गुरुयोजना बनाइरहेको छ ।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा तय भएसँगै प्रदेश पूर्वाधार विकास कार्यालयले बिजौरीमा कार्यालय राखेर काम थालेको थियो । उसले अहिलेसम्म राजधानी शहरको गुरुयोजना निर्माण गर्न परामर्शदाता छनोट गरिसकेको छ ।

छनोटमा परेको परामर्शदाता कम्पनीले राप्ती गाउँपालिकामै मुकाम राखेर भौगोलिक जानकारी लिई राजधानी शहरको डिजाइन तयार पार्नेछ ।

परामर्श दातृ संस्थाले राजधानी घोषणा भएको क्षेत्रका बासिन्दासँग सुझाव पनि लिने छ । संस्थाले ६ महिना भित्र राजधानीको गुरुयोजना तयार पार्ने छ र त्यसपछि पूर्वाधार निर्माणको काम अघि बढ्ने छ ।

पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँग एक चरणको छलफल आफैँ गरिसकेको छ । राप्ती गाउँपालिकामा प्रदेश सभा भवन निर्माणका लागी टेण्डर आह्वान गरेर काम अघि बढाइएको छ । ७८ सालको असार मसान्तसम्म प्रदेश राजधानीमा केही संरचना बन्ने छन् ।

राजधानीका लागि पूर्वाधारका काम शुरु भएपछि देउखुरी क्षेत्रका बासिन्दा अहिले खुसी छन् ।

पूर्वाधार निर्माण शुरु भएपछि आफुहरुलाई फाइदा पुग्ने भन्दै स्थानीय व्यवसायी पनि उत्साहित छन् ।

प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको काम बाहेक लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको विस्तृत परियोजना प्रतिवेदनसमेत बनाइरहेको छ । राप्ती प्रादेशिक अस्पतालको मास्टर प्लान तयार भैसकेको छ भने विस्तृत परियोजना प्रतिवेदनको काम भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *