खेलकूद

नेपाल सुपर लीग फूटबलअन्तर्गत आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ वैशाख १२ गते ९:१६
नेपाल सुपर लीग फूटबलअन्तर्गत आज दुई खेल हुँदै

१२ वैशाख २०७८ काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लीग (एनएसएल) फूटबल अन्तर्गत आज दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी जित निकाल्दै सुखद् शुरुवातको लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे शुरु हुनेछ । पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ भने बुटवल विशाल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।

प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी शुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद् शुरुवात गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्